नेपालमा मनसुनी वायुको प्रभाव,देशका केही स्थानमा आज वर्षाको सम्भावना

नेपालमा मनसुनी वायुको प्रभाव,देशका केही स्थानमा आज वर्षाको सम्भावना

काठमाडौं – देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । केही भूभागमा भारी वर्षाको पनि पूर्वानुमान छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर साधारणतया बादल लाग्नेछ । हिमाली र पहाडी भूभागको केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

तराई भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको पूर्वानुमान छ । 

विभागले राति देशभर साधारणतया बादल लाग्ने जानकारी दिएको छ । 

कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली भूभागको केही स्थानमा तथा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशको हिमाली भूभागको थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । 

पहाडी र तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । 

कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले बताएको छ । 

हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ । 

खबरपाटी
खबरपाटी