स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा १ को मृत्यु, १८ जना घाइते

स्याङ्जाको वालिङमा जीप दुर्घटना हुँदा १ को मृत्यु, १८ जना घाइते

काठमाडौँ – स्याङ्जाको वालिङ नगरपालिका-७ मिर्दी–चापाकोट सडकखण्डमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। १८ जना घाइते भएका छन्।

दुर्घटनामा घाइते भएका वालिङ नगरपालिका-७ का २५ वर्षीय राजेन्द्र विरकट्टाको उपचारका क्रममा मृत्यु भएको हो।

शुक्रबार बिहान ताप्केबाट वालिङ आउँदै गरेको बीएए ७९०५ नम्बरको जीप सडक छेउमा पल्टिएको स्याङ्जाका सूचना अधिकारी डीएसपी रमेशदत्त अवस्थीले थाहाखबरलाई जानकारी दिए। 

प्रहरीका अनुसार दुर्घटनामा तीनजना गम्भीर घाइते भएका छन्। ९ घाइतेको अवस्था मध्यम छ भने पाँचजनाको अव्स्था सामन्य छ। दुर्घटनापछि सबै घाइतेलाई प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा पुर्‍याइएको थियो । त्यसमध्ये गम्भीर र मध्यम अवस्थाका १२ जनालाई थप उपचारका लागि पोखरा रिफर गरेको अवस्थीले बताए।

खबरपाटी
खबरपाटी