रास्वपा प्रथम महाधिवेशन : महामन्त्रीका लागि १० जनाको उमेदवारी

रास्वपा प्रथम महाधिवेशन : महामन्त्रीका लागि १० जनाको उमेदवारी

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारीका लागि उमेदवार मनोनयन कार्य सकिएको छ । 

महामन्त्रीमा १० जनाको उमेदवारी परेको छ । उपसभापति दुई पदका लागि तीनजनाको उमेदवारी परेको छ । 

खुलातर्फ स्वर्णिम वाग्लेको मात्रै उमेदवारी परेको छ । महिला उपसभापतिका लागि सोविता गौतम र तोसिमा कार्कीको उमेदवारी परेको छ । 

तीन सहमहामन्त्रीका लागि पाँचजनाले मनोनयन दर्ता गराएका छन् । 

सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित भइसकेका छन् । 

खबरपाटी
खबरपाटी