सुकुम्बासीहरुका लागि होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप

सुकुम्बासीहरुका लागि होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थप

काठमाण्डौ — सुकुम्बासीहरुका लागि होल्डिङ सेन्टर खाली गर्ने समय ७ दिन थपिएको छ  । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले आज सूचना निकालेर समय थपेको हो । समितिले स्वः व्यवस्थापन खर्चका लागि यही १५ गतेसम्म निवेदन दिन र १९ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न भनेको छ ।

सरकारको निर्णयानुसार तोकिएको पुनः व्यवस्थापन खर्च (घर भाडा) बापतको रकम प्राप्त गर्नका लागि सम्बन्धित व्यक्तिले आफ्नो नाममा खोलिएको बैंक खाता नम्बर सहित तोकिएको ढाँचाको निवेदन भर्नुपर्नेछ ।

यसअघि समितिले असार १२ गतेभित्र होल्डिङ सेन्टरहरूमा बसोबास गरिरहेकाहरूलाई आफैँ व्यवस्थापन गर्न सूचना जारी गरेको थियो । तर घर भाडा प्राप्त गर्ने समय अवधि छोटो भएको गुनासो आएपछि समितिले यो गुनासोलाई ध्यानमा राखी समय सीमा थप गरेको हो ।

खबरपाटी
खबरपाटी