रास्वपाको महामन्त्री पदमा प्रतिस्पर्धा गर्नेहरूको संख्या ५ पुग्यो

रास्वपाको महामन्त्री पदमा प्रतिस्पर्धा गर्नेहरूको संख्या ५ पुग्यो

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा उम्मेदवारी फिर्ताको क्रम चलेसँगै महामन्त्री पदमा प्रतिस्पर्धा गर्नेहरूको संख्या ५ मा झरेको छ।

अब  विपिनकुमार आचार्य मनिष झा, रञ्जु दर्शना, गणेश कार्की र सागर ढकालबीच अन्तिम भिडन्त हुने तय भएको छ।

एक जना निर्वाचित हुने महामन्त्री पदका लागि शुरुमा १० नेताहरूले उम्मेदवारी दर्ता गराएका थिए। तीमध्ये जगदीश खरेल र कवीन्द्र बुर्लाकोटीले शुरुमा आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै ८ जना प्रत्यासी चुनावी मैदानमा थिए।

निर्वाचन आयोगले ८ जनाको सूची सार्वजनिक गरेपछि अन्तिम समयमा थप तीन जनाले उम्मेदवारी फिर्ता लिएका छन्। पछिल्लोपटक उम्मेदवारी फिर्ता लिनेहरूमा प्रमोद न्यौपाने, राजुनाथ पाण्डे र गणेश पराजुली छन्।
 

खबरपाटी
खबरपाटी