काठमाडौँ – प्रधानमन्त्री बालेन शाहले यसअघि संसद्मा सीमा विवादमा नेपालले तेस्रो पक्षको मध्यस्थता खोजेको भन्ने अभिव्यक्तिको बचाउ गरेका छन्। उनले यसबारेको जवाफ दिन रास्वपाको पहिलो महाधिवेशनस्थलमा गरेका छन्।
‘यहाँ सीमाका कुरा उठे । हामीसँग प्रमाण छन् । हाम्रा प्रमाणहरू लिएर कुरा गर्छौं । हामीले मधयस्थकर्ता गर्न खोजेको होइन’, उनले भने, ‘हामीसँग प्रमाण छैन भने त्यो खोज्न हामी त्यहाँसम्म पनि जानुपर्छ भनेको हो ।’
उनले आफ्नो राष्ट्रियताप्रति आशंका नगर्न चेतावनी दिए। उनले भने, ‘मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्दैन ।’
गत असार १७ गतेको प्रतिनिधिसभा बैठकमा सांसदको प्रश्नको जवाफ दिने क्रममा शाहले ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ यस्तो प्रतिmक्रिया दिएका थिए। विवादित अभिव्यक्ति भन्दै हरेकजसो बैठकमा विपक्षी सांसदले उनको विरोध गर्दै आएका थिए। सांसदहरूले प्रधानमन्त्रीले संसदमै आएर माफी माग्नुपर्ने र उनले बोलेका कुरा संसदीय अभिलेखबाट हटाउनुपर्ने माग राख्दै आएका थिए।