रास्वपा महाधिवेशनमा प्रतिनिधिबाट प्रतिव्यक्ति ५ हजारका दरले शुल्क उठ्यो

रास्वपा महाधिवेशनमा प्रतिनिधिबाट प्रतिव्यक्ति ५ हजारका दरले शुल्क उठ्यो

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महाधिवेशन प्रतिनिधिबाट प्रतिव्यक्ति ५ हजारका दरले शुल्क उठाएको छ। रास्वपाका ३ हजार ९९० महाधिवेशन प्रतिनिधिले सहभागिता शुल्क बुझाएका छन्। 
जारी केन्द्रीय समिति बैठकमा उपसमिति संयोजक लिमा अधिकारीले हालसम्म ३ हजार ९९० प्रतिनिधिले ५ हजार सहभागिता शुल्क बुझाइसकेको जानकारी गराइन्।

प्रतिनिधिको संख्या चार हजारभन्दा बढी हुने भनिएको छ। जसअनुसार दुईकरोड भन्दा बढी रकम रास्वपाले प्रतिनिधिबाट मात्रै उठाउने भएको छ।
यो तथ्याङ्क निर्वाचन आयोगलाई बुझाइएको र रुजु गर्ने प्रक्रियामा रहेको जानकारी गराएको प्रवक्ता मनिष झाले बताए।

खबरपाटी
खबरपाटी