भोलिदेखि चितवनमा शुरु हुने रास्वपा महाधिवेशनको तयारी अन्तिम चरणमा

भोलिदेखि चितवनमा शुरु हुने रास्वपा महाधिवेशनको तयारी अन्तिम चरणमा

काठमाण्डौ — सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भोलिदेखि चितवनमा शुरु हुने महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । महाधिवेशनको उद्घाटन कार्यक्रम भरतपुरको गेस्टहाउस चौरमा हुनेछ भने बन्द सत्र चितवन उद्योग संघको औद्योगिक प्रदर्शनी केन्द्रमा सञ्चालन गरिनेछ ।

घामपानी छेक्ने छानोसहितको ‘जर्मन ह्यांगर’भित्र उदघाटन कार्यक्रम हुने भएको हो । मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । रास्वपाले केन्द्रीय समितिको संख्या बढाउने र विधानमा वरिष्ठ नेताको प्रावधान राख्ने निर्णय गरिसकेको छ ।

केन्द्रीय सदस्य संख्या १ सय ५८ बनाउने निर्णय भएको हो । यस्तै पदाधिकारीमा सभापति १, वरिष्ठ नेता १, उपसभापति ३ (१ महिला), महामन्त्री २, सहमहामन्त्री ५ (१ महिला), प्रवक्ता १, सहप्रवक्ता ३ (१ महिला), कोषाध्यक्ष १, सहकोषाध्यक्ष २ (१ महिला) हुनेछन् ।

महाधिवेशनमार्फत नेतृत्व चयन र आगामी राजनीतिक दिशा तय गर्ने रास्वपाले जनाएको छ । रास्वपामा ३ हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि चयन भएका छन् ।

खबरपाटी
खबरपाटी