संवैधानिक निकायमाथि हस्तक्षेप स्वीकार्य छैन : खुश्बु ओली

संवैधानिक निकायमाथि हस्तक्षेप स्वीकार्य छैन : खुश्बु ओली

काठमाडौँ – राप्रपाकी प्रमुख सचेतक खुश्बु ओलीले संवैधानिक आयोगका पदाधिकारीहरूमाथि प्रधानमन्त्रीबाट भएको भनिएको हस्तक्षेप तथा दुर्व्यवहारको घटनामा प्रष्ट पार्न सरकारसँग माग गरेकी छिन्।

शुक्रबारको प्रतिनिभिसभा बैठकमा उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा घण्टौँ नियन्त्रणमा लिई दुर्व्यवहार भएको समाचारप्रति सरकारको ध्यानाकर्षण गरेकी हुन्।

उनले कूटनीतिक व्यक्तिमाथि प्रधानमन्त्रीबाट दुर्व्यवहार भएको भन्ने समाचारले दशकौँ लगाएर तयार पारेको देशको छवि कस्तो होला भन्ने प्रश्न गरिन्। उनले संस्थागत नभई व्यक्तिको इच्छामा शासन व्यवस्था चलाउने कोशिश भइरहेको बताइन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई राज्यका निकायहरूबीच समन्वय गराउने, संवैधानिक अंगहरूको स्वतन्त्रता सुनिश्चत गर्ने मुलुकको संस्थागत स्थायित्वलाई सुदृढ गर्ने कल्पना गरेका थियौँ’ तर पछिल्ला घटनाले त्यसो देखाएको छैन।’

ओलीले प्रधामन्त्रीको अभिव्यक्तिले मुलुकको अस्तित्वमाथि गम्भीर संकट आएको तर्क गरिन्। उनले प्रधानमन्त्रीबाट जिम्मेवार जवाफको साटो मौन शक्ति प्रदर्शन भइरहेको बताइन्। उनले राज्यका संस्थामाथि व्यक्तिगत कब्जा गर्ने काशिश भइरहेको दाबी गरिन्।

‘यदि यो समाचार असत्य हो भने सरकारले तत्काल खण्डन गर्नुपर्छ, यदि सत्य हो भने यो संवैधानिक निकायको स्वतन्त्रतामाथिको प्रत्यक्ष हस्तक्षेप हो’, उनले भनिन्, ‘परराष्ट्रमन्त्रीले दूतावासको रिपोर्टलाई मात्र आधार मानेर वास्तविकतालाई नजरअन्दाज गर्नुभएको छ। हामीसँग भएका प्रमाणहरू मन्त्रालयमा पेश गर्न तयार छौँ।’

 

खबरपाटी
खबरपाटी