शिक्षा र इमानदारीलाई एउटै तराजुमा जोख्न नमिल्ने : ज्ञानेन्द्र शाही

शिक्षा र इमानदारीलाई एउटै तराजुमा जोख्न नमिल्ने : ज्ञानेन्द्र शाही

काठमाडौँ – राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले धेरै शैक्षिक योग्यता भएकाले अपराध गर्दैनन् भन्ने भाष्य गलत भएको बताएका छन्।

प्रतिनिधिसभा बैठकमा बिहीबार बजेटबारे टिप्पणी गर्ने क्रममा उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेप्रति लक्ष्य गरी उनले धेरै पढेका अर्थमन्त्री भएका वेला नै ठूला  आर्थिक अपराधका घटना भएको तर्क गरे।

उनले बजेटमा भएको हेरफेर र कर छलीको बारेमा छानबिन गर्न संसदीय समिति बनाउनै पर्ने अडान राखे।सत्तापक्षका सांसदले प्रमाण लिएर आऊ भनेको भन्दै शाहीले संसदमा प्रमाण लिएर आउने अभ्यास नभएको भन्दै त्यसैका लागि संसदीय छानबिन आवश्यक रहेको उनको तर्क गरे।

सत्तापक्षका सांसदले प्रमाण लिएर आऊ भनेको भन्दै शाहीले संसदमा प्रमाण लिएर आउने अभ्यास नभएको भन्दै त्यसैका लागि संसदीय छानबिन आवश्यक रहेको उनको तर्क गरे। अर्थशास्त्रमा उच्च शिक्षा हासिल गरेका डा. रामशरण महत, डा. प्रकाशशरण डा. युवराज खतिवडा अर्थमन्त्री भएकै वेला ठूलाठूला भ्रष्टाचार र अनियमितताका घटना सार्वजनिक भएका छन्’, उनले भने, ‘केबल शैक्षिक प्रमाणपत्र नै इमान्दारिता र सुशासनको ग्यारेण्टी होइन।’

उनले सरकारका राम्रा कामको समर्थन गर्ने भए पनि नराम्रा कामको समर्थन गर्ने नसक्ने बताएका छन्। सरकारको विरोध गर्ने समय नभइसकेको भन्दै बाटो बिराउन लाग्दा सचेत गराउन नछाड्ने बताए शाहीले शिक्षा र स्वास्थ्यमा कर लगाउने विषयको मात्र विरोध गरेको बताए।

खबरपाटी
खबरपाटी