काठमाडौं – आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ।
आज बस्ने अर्थ समितिको बैठकमा आ.व. ०८२÷८३ को मौद्रिक नीति कार्यान्वयनको प्रगति सम्बन्धमा, बैंक तथा वित्तीय संस्थाहरूमा बढ्दो अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैंकले लिएका विशेष नीति तथा कार्यक्रम र तिनको प्रभावकारिता सम्बन्धमा, नेपाल सरकारको स्वामित्वमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको विगत तीन वर्षदेखिको कार्यसम्पादनको अवस्था र थप प्रभावकारी बनाउन अख्तियार गर्नुपर्ने रणनीति, बैक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित नीतिगत तथा कानूनी सुधारका विषयहरूमाथि छलफल हुनेछ।त्यस्तै उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा समितिको आन्तरिक कार्यविधिका सम्बन्धमा छलफल हुनेछ। त्यसैगरी, बिहान १० बजे बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको आगामी आ.व. ०८३÷०८४ को बजेट तथा वार्षिक कार्यक्रमको बारेमा छलफल हुनेछ।