‘बजेट अलिकति नबुझ्नेगरी बनाएका छौँ’ : मन्त्री सुनिल लम्साल

‘बजेट अलिकति नबुझ्नेगरी बनाएका छौँ’ : मन्त्री सुनिल लम्साल

काठमाडौँ - पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले आफूहरूले बजेट नै नबुझ्नेगरी बनाएको प्रतिक्रिया दिएका छन्। बजेट छलफलका क्रममा आफूले सम्हालेको मन्त्रालयबारे उठेको प्रश्नको जवाफ दिने क्रममा उनले यस्ताो बताएका हुन्।

‘सबैभन्दा बढी गुनासो मेरै मन्त्रालयमा आएको होला सायद’, उनले भने, ‘आउनु स्वाभाविक पनि हो। किनभने हामीले बजेट नै त्यस्तैगरी बनाएका छौँ। अलिकति नबुझ्नेगरी बनाएका छौँ।’

उनले प्रश्न नै २५३० पेजको आएको भन्दै सबैको जवाफ दिने बताए। लम्सालले अहिले जवाफ दिइरहेका छन्।

खबरपाटी
खबरपाटी