टुहुरो बनेको मन्त्रालयलाई पुनर्जीवित गरियो : महावीर पुन

टुहुरो बनेको मन्त्रालयलाई पुनर्जीवित गरियो : महावीर पुन

काठमाडौं – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले टुहुरो आफूले सम्हालेको मन्त्रालयले अहिले पुर्नजन्म पाएको बताएका छन्।

बिहीबार विभिन्न शीर्षकमाथिको छलफलको क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै उनले यो मन्त्रालय नयाँ नभई पहिला नै गठन भएको पनि जानकारी दिए।

‘यो नयाँ मन्त्रालय गठन भएको होइन,२०५३ सालमा बनेको हो,तर,कहिले कता जोड्ने कहिले कता गर्दागर्दा २०७५ सालतिर शिक्षामा जाेडियो’, उनले भने, ‘यो बेवारिसे मन्त्रालयले अहिले पुनर्जन्म पाएको छ,यो सातौँ पुनर्जन्म हो।’

उनले १ प्रतिशतमात्रै बजेट छुट्याइए पनि अब यो मन्त्रालयले अनुसन्धान,नवप्रवर्तनको काम गर्ने बताए। 

खबरपाटी
खबरपाटी