काठमाडौं – सेनेगलविरुद्धको खेलमा फ्रान्स विजयी भएको छ । खेलमा फ्रान्स ३-१ गोलले विजयी भएको हो ।
फ्रान्सका लागि कप्तान क्लेइन एम्बाप्पे र ब्राड्ली बाराकोलाले गोल गरे । खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो । दोस्रो हाफको ६८औँ मिनेटमा एम्बाप्ले पहिलो गोल गर्दै अग्रता दिलाएका थिए । दोस्रो हाफको ८२ औँ मिनेटमा फ्रान्सका ब्राड्ली ब्राकोलाले गोल थपे ।
खेलको इन्जुरी टाइमा सेनेगलका इब्राहिम बायले गोल फर्काए । त्यसको केही समयमै एम्बाप्ले अर्को गोल गरे । उनले विश्वकपमा फ्रान्सका लागि १४ गोल गर्दै रेकर्ड बनाएका छन् । उनले जस्ट फन्टेनको १३ गोलको रेकर्ड तोड्दै फ्रान्सबाट सबैभन्दा बढी गोल गर्ने खेलाडीको रेकर्ड बनाए ।
धेरै गोल गर्ने फ्रान्सेली अन्य खेलाडीमा थिएरी हेनरी ६ गोलसहित तेस्रो छन् । यस्तै, जिनेडिन जिडान, मिचेल प्लेटिनी र ओलिभर जिरार्डले समान पाँच गोल गरेका छन् । भने रेम्न्ड कोपा, डोमिनिक रोचेटु र एन्टोनी ग्रिजम्यानले समान चार गोेल गरेका छन् ।