‘देश बनाउने टोली’मा नपारिनु वाग्लेमाथिको अविश्वासको संकेत : ऐन महर

‘देश बनाउने टोली’मा नपारिनु वाग्लेमाथिको अविश्वासको संकेत : ऐन महर

काठमाडौँ – प्रतिनिधिसभामा नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री बालेन्द्र शाहले समेत विश्वास नगरेको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभा बैठकमा बजेटको विनियोजन विधेयकमाथि टिप्पणी गर्ने क्रममा महरले प्रधानमन्त्री शाहले वाग्लेलाई विश्वास नगरेरै हालै सार्वजनिक गरेको देश बनाउने टोलीमा नराखेको बताएका हुन्।

उनले अर्थमन्त्रीले ल्याएको बजेटप्रति आफूहरूको असन्तुष्टि हुनु स्वाभाविक भए पनि प्रधानमन्त्रीको असन्तुष्टि सामान्य नभएको तर्क गरे।‘बजेट बनाउने वेलामा सम्माननीय प्रधानमन्त्रीज्यूले सार्वजनिक गर्नुभएको देश बनाउने टोलीमा अर्थमन्त्रीज्यू नपर्नुले के संकेत गर्छ भन्दा बजेटप्रति प्रधानमन्त्रीको पनि विश्वास छैन’, उनले भने।

उनले नयाँ सरकारले ल्याएको बजेटले जनताको अपेक्षा पूरा गर्न नसक्ने बताए।

खबरपाटी
खबरपाटी