काठमाडौँ महानगरमा भवन निर्माणको नक्सा पास दस्तुरमा २० प्रतिशत छुट दिने

काठमाडौँ महानगरमा भवन निर्माणको नक्सा पास दस्तुरमा २० प्रतिशत छुट दिने

काठमाडौँ - काठमाडौँ महानगरले महिला, अपाङ्‍गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका नाममा पहिलोपटक भवन निर्माण गर्दा नक्सा पास दस्तुरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ।
आज ९आइतबार० नगरसभा, १९ औँ अधिवेशनमा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आव २०८३।०८४ को नीति तथा कार्यक्रम पेश गर्दै उक्त जानकारी दिएकी हुन्।उनले भनिन्, ‘महिला, अपाङ्‍गता भएका व्यक्ति र ज्येष्ठ नागरिकका नाममा पहिलोपटक आवासीय भवन निर्माण गर्दा नक्सा पास दस्तुरमा २० प्रतिशत छुट दिइनेछ।’
उनले बैंक तथा वित्तीय संस्थासँग समन्वय गरी महानगर क्षेत्रभित्रका घरजग्गा धितो राखी ऋण प्रवाह गर्दा काठमाडौँ महानगरपालिकाको विद्युतीय भवन अनुमति प्रणालीको उपयोग गर्ने प्रबन्ध मिलाउने व्यवस्था गरिएको पनि बताइन्।

खबरपाटी
खबरपाटी