आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले संसद्मा रक्षामन्त्रीको खोजी गरेका छन्। सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको विषयमा गम्भीर नबनेको भन्दै रक्षामन्त्रीको खोजी गरेका हुन्।
‘यस बेला नेपालका रक्षामन्त्री कहाँ छन्?’, शुक्रबारको प्रतिनिधिसभा बैठकमा उनले सोधे, ‘प्रधानमन्त्रीज्यू आउनुहुन्न। अब रक्षामन्त्रीलाई बोलाइदिनुस्। सभामुख महोदय रुलिङ गरेर रक्षामन्त्री ल्याइदिनुपर्यो। हामी दुई चार वटा प्रश्न सोध्न चाहन्छौँ’ उनले भने।उनले सुस्तामा भारतीय सीमा बलले नेपालीमाथि हप्कीदप्की गरेको उनले बताएका हुन्। ‘सुस्तामा भारतीय सशस्त्र सीमा बल आएर नेपाली दाजुभाइहरुलाईमाथि हप्कीदप्की गरेको र नेपाली दाजुभाइ आफ्नो भूमिका लागि लड्दै गरेको भिडियो आएका छन्’ साम्पाङले भने ।