अर्थमन्त्री वाग्लेविरुद्ध छानबिन समिति गठन गर्न एमाले सांसद गुरुप्रसाद बरालको माग

अर्थमन्त्री वाग्लेविरुद्ध छानबिन समिति गठन गर्न एमाले सांसद गुरुप्रसाद बरालको माग

काठमाडौं – प्रतिपक्ष दल नेकपा (एमाले)का सांसद गुरुप्रसाद बरालले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले राजस्व हिनामिना गरेको आरोप लगाउँदै छानविनका लागि तत्काल संसदीय समिति गठन गर्नुपर्ने माग गरेका छन्। 

शुक्रवार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले करको दर तलमाथि गरेर अर्थमन्त्री वाग्लेले राजश्व हिनाहिना गरेकाले संसदीय छानविन समिति गठन गरी त्यसको छानविन हुनुपर्ने बताएका हुन्।

सांसद बरालले विगतलाई देखाएर अर्थमन्त्री वाग्लेले आफूले गरेको गल्तीबाट उम्किन नपाउने पनि बताए। उनले विगतमा त्यस्ता घटना भएको भए छानविनको दायरामा आउन विपक्ष दलहरू तयार रहेको पनि बताए।

सांसद बरालले अर्थमन्त्री वाग्लेमाथि छानविनका लागि अभिलम्व कदम चाल्न पनि सभामुख डोलप्रसाद अर्यालको ध्यानाकर्षण गराए।

खबरपाटी
खबरपाटी