बनेपा–रोशी मार्गमा बस दुर्घटना, ठूलो मानवीय क्षतिको आशंका

बनेपा–रोशी मार्गमा बस दुर्घटना, ठूलो मानवीय क्षतिको आशंका

काठमाडौं - काभ्रेपलाञ्चोकको बनेपाबाट रोशी गाउँपालिकातर्फ जाँदै गरेको यात्रुबस दुर्घटना हुँदा ठूलो संख्यामा मानवीय क्षति भएको आशंका गरिएको छ।

प्रहरीका अनुसार विपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोट क्षेत्रमा आज उक्त बस दुर्घटनामा परेको हो। सुँगुरेतर्फ जाँदै गरेको उक्त बस दुर्घटनापछि गम्भीर क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

दुर्घटनापछि घटनास्थलबाट केही शवहरू संकलन गरिएको प्रहरीले जनाएको छ भने घाइतेहरूको उद्धार कार्य तीव्र रूपमा जारी रहेको छ। घाइतेहरूलाई नजिकैका स्वास्थ्य संस्थाहरूमा पठाउने कार्य भइरहेको छ।

दुर्घटनाको कारण भने हालसम्म खुल्न सकेको छैन। साथै, मृतक तथा घाइतेको यकिन विवरण संकलनको काम भइरहेको प्रहरीले जनाएको छ।

सुरक्षाकर्मी, स्थानीयवासी तथा उद्धार टोली घटनास्थलमा खटिएका छन् र थप विवरण आउने क्रममा रहेको जनाइएको छ।

खबरपाटी
खबरपाटी