काभ्रे बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुग्यो

काभ्रे बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या आठ पुग्यो

काठमाडौँ - काभ्रेको बुच्चाकोटस्थित बीपी राजमार्गमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या आठ पुगेको छ । 

काभ्रेका प्रहरी नायव उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार थप एक जनाको शव भेटिएको हो। ज्यान गुमाउनेमा चार महिला र चार पुरुष रहे पनि उनीहरूको परिचय खुलेको छैन।

शुक्रबार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस बीपी राजमार्गको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो।

दुर्घटनामा परी घाइते भएका १५ जनालाई उद्धार गरी धलिखेल अस्पताल ल्याएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

खबरपाटी
खबरपाटी