मन्त्री बनेलगत्तै महावीर पुनका महत्वपूर्ण निर्णय सार्वजनिक

मन्त्री बनेलगत्तै महावीर पुनका महत्वपूर्ण निर्णय सार्वजनिक

काठमाडौँ – नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विभिन्न निर्णय गरेका छन्। मन्त्री भइसकेपछि गरेको निर्णय उनले सामाजिक सञ्जालबाट सार्वजनिक गरेका हुन्।

उनले विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरिएको जानकारी दिए। ‘अनि यो मन्त्रालय सुचारु रूपमा चलाउन कति कर्मचारी राख्ने, दरबन्दी कति चाहिने र काम कसरी छिटो र प्रभावकारी बनाउने भनेर सर्भेक्षण गर्ने निर्णय गरियो’, उनले भने। विभिन्न मन्त्रालय अन्तर्गत छरिएर भइरहेका अनुसन्धान तथा नवप्रवर्तनलाई कसरी प्रभावकारीरूपमा अगाडि बढाउने भन्ने कुरामा गहन छलफल तुरुन्त शुरु गर्ने निर्णय गरिएकाे उनले जानकारी दिए। 

खबरपाटी
खबरपाटी