अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी

अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी

काठमाण्डौ — नेपाल मेडिकल काउन्सिलले अवैध रुपमा नामका अघि ‘डाक्टर’ लेख्नेहरूलाई कारबाही गर्ने चेतावनी दिएको छ । काउन्सिलले विज्ञप्ति निकालेर अवैध रुपमा ‘डाक्टर’ लेख्ने व्यक्तिलाई कारबाही गर्ने चेतावनी दिएको हो ।

यसअघि काउन्सिलले जेठ ७ गते सूचना निकालेर गैरकानुनी रुपमा डाक्टरको उपाधि नलेख्न आग्रह गरेको थियो । अब त्यस्तो लेखेको पाइएमा कारबाही गर्ने काउन्सिलले जनाएको छ ।

ऐन विपरीत अवैध रुपमा चिकित्सकको डा. उपाधि प्रयोग गरेको वा त्यो उपाधिको आडमा बिरामी जाँच्ने र परामर्श दिने जस्ता गतिविधिबारे जानकार जोकोही नागरिक, बिरामी, स्वास्थ्य संस्था, सञ्चार माध्यम तथा सरोकारवाला निकायलाई प्रमाण वा विवरणसहितको उजुरी दर्ता पनि काउन्सिलले आग्रह गरेको छ ।

यसरी आएको उजुरीमाथि छानबिन गरी कारबाही गरिने काउन्सिलले जनाएको छ ।

खबरपाटी
खबरपाटी