रवि लामिछानेको भ्रमण सकिँदै, शिशिर खनालको भारत यात्रा सुरु हुँदै

रवि लामिछानेको भ्रमण सकिँदै, शिशिर खनालको भारत यात्रा सुरु हुँदै

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँचदिने भ्रमण सकेर फर्किँदै गर्दा शुक्रबार नै परराष्ट्रमन्त्री शिशिर खनाल तीन दिने औपचारिक भ्रमणका लागि भारत जाने भएका छन्।

परराष्ट्र मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ति जारी गरी मन्त्री खनालको भारत भ्रमणको औपचारिक कार्यतालिका सार्वजनिक गरेको हो। उनी भारतीय विदेशमन्त्री एस. जयशंकरको निमन्त्रणामा भारत भ्रमणमा जान लागेका हुन्। 

भ्रमणका क्रममा परराष्ट्रमन्त्री खनालले नयाँ दिल्लीमा भारतीय समकक्षी विदेशमन्त्री जयशंकरसँग औपचारिक द्विपक्षीय भेटवार्ता गर्नेछन्। बैठकमा नेपाल र भारतबीचको पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल हुने मन्त्रालयले जनाएको छ। विशेषगरी दुई देशबीचको व्यापार, लगानी, सम्पर्क सञ्जाल, ऊर्जा क्षेत्र र नागरिक–नागरिकबीचको सम्बन्धलाई थप सुदृढ र विस्तार गर्नेबारे विस्तृत विचार–विमर्श हुने कार्यसूची छ। 

हाल भारतमा रहेका सभापति लामिछानेले बुधबार त्यहाँका प्रधानमन्त्री नरेन्द्र मोदीसँग एक घण्टा लामो कुराकानी गरेका थिए । यसअघि मंगलबार विदेशमन्त्री जयशंकरसँग पनि भेटेका थिए। 

सभापति लामिछानेको भ्रमणलगत्तै परराष्ट्रमन्त्री खनालको भारत दौडाहालाई राजनीतिक वृत्तमा अर्थपूर्णरूपमा हेरिएको छ। मन्त्री खनाल २४ जेठमा स्वदेश फिर्ता हुने छन् ।

खबरपाटी
खबरपाटी