टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि जेल चलानको आदेश

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि जेल चलानको आदेश

काठमाडौँ - ललितपुर जिल्ला अदालतले टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि जेल चलानको आदेश गरेको छ।

अदालतका न्यायाधीश टेकनाथ गौतमको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

उनलाई इन्टरपोलको सहयोगमा यही जेठ १७ गते थाइल्यान्डबाट पक्राउ गरी नेपाल ल्याएको थियो।

उनीविरुद्ध आपराधिक विश्वासघात, संगठित अपराध, सम्पत्ति शुद्धीकरणसमेतको मुद्दा दायर भएको छ।

पक्राउ पर्नु अघि उनले सामाजिक सञ्जालबाटै प्रतिवादसहित विभिन्न प्रतिक्रिया दिँदै आएकी थिइन्।

खबरपाटी
खबरपाटी