आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन

आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन

काठमाडौँ - सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट छुट्याएको छ।

आगामी आर्थिक वर्ष २०८३।०८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ छुट्याएको बताएका हुन्। 

यस्तै अर्थमन्त्री शर्माले बाल क्यान्सर उपचार निःशुल्क गरिने समेत जनाएका छन्।

यसैगरी हाल देशभर निर्माणाधीन ३३६ स्थानीय अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको अर्थमन्त्री शर्माले जनाएका छन्।

निर्माण सुरु नभएका अस्पतालहरूको वैज्ञानिक नक्सांकन तथा पूर्वतयारी कार्य अघि बढाइने र त्यसका लागि ५ अर्ब ९० करोड रुपैयाँ छुट्याइएको छ।

खबरपाटी
खबरपाटी