फ्लडलाइटसहित ८ हजार दर्शक क्षमताको १० फुटबल रंगशाला ३ वर्षभित्र बनाइने

फ्लडलाइटसहित ८ हजार दर्शक क्षमताको १० फुटबल रंगशाला ३ वर्षभित्र बनाइने

काठमाडौं – फ्लडलाइटसहित ८ हजार दर्शक क्षमताको १० फुटबल रंगशाला ३ वर्षभित्र बनाइने भएको छ। आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री स्वार्णिम वाग्लेले यसबारे जानकारी गराएका हुन्। 

खेल पुर्वधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै यसका लागि काम गरिने अर्थमन्त्री वाग्लेले बताए। उनले पाँच वर्षत्रि देशका प्रमुख ८ शहरमा आधुनिक क्रिकेट रंगशाला निर्माण गरिने बताएका छन्। 

यसैगरी मुलपानी, गिरिजाप्रसाद कोइराला र कैलालीको फाप्ला क्रिकेट रंगशालालाई डिजाइन पुनरावलोकन गरी लगानी मोडालिटी तयार गरिने बताए। 

यसैगरी खेलमा रुची भएका विद्यार्थीलाई विद्यालयको आधारभूत तहदेखि नै छनोट गरी आवासीय सुविधासहित तालिमको व्यवस्था गरिने पनि बजेटमा उल्लेख छ। 

अन्तर्राष्ट्रिय पदक विजेता खेलाडीलाई अवकासपछि सम्माजनक जीवन जिउन सक्ने गरी आजीवन स्वास्थ्य उपचारको व्यवस्था मिलाउने घोषणा पनि सरकारले गरेको छ। 
 

खबरपाटी
खबरपाटी