काठमाडौं - सरकारले महाकाली करिडोरको दार्चुला–टिङकर खण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिने भएको छ।
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमा उक्त कुरा समावेश गरिएको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मेची, अरुण, तमोर, भेरी, सेती करिडोर र फुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तिब्रता दिइने पनि बताउए। त्यसैगरी काठमाडौं चक्रपथ विस्तारका लागि बाँकि रहेका कामहरूलाई पनि अघि उहाँले बढाउने बताए ।
अर्थमन्त्री वाग्लेले भने,‘महाकाली करिडोरको दार्चुला–टिङ्कर खण्डको ट्रयाक खोल्ने कार्यलाई विशेष प्राथमिकता दिएको छु। मेची, अरुण, तमोर, भेरी, सेती करिडोर र फुटिया–दिपायल सडकको स्तरोन्नति कार्यलाई तीव्रता दिइनेछ। काठमाडौं चक्रपथ विस्तार अन्तर्गत बाँकी रहेका कामहरू अघि बढाइनेछ।’
अर्थमन्त्री वाग्लेले सुरुङ मार्ग निर्माणको कामलाई पनि गति दिने बताए।