चपुर निर्माण सेवा प्रा.लि. का सञ्चालक अमृत बोहरा पक्राउ

चपुर निर्माण सेवा प्रा.लि. का सञ्चालक अमृत बोहरा पक्राउ

काठमाडौं - प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले चपुर निर्माण सेवा प्रा.लि. का सञ्चालक अमृत बोहरालाई पक्राउ गरेको छ ।

सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार काठमाडौंको टोखा नगरपालिका-४, बानियाटार बस्ने ३२ वर्षीय बोहरालाई शुक्रबार (वैशाख ११) पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंको अनुमति लिएर उनलाई शंखमुल काठमाडौंबाट पक्राउ गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

उनीमाथि सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को ई-जीपी (ई- गभर्मेन्ट प्रोक्युरमेन्ट) प्रणालीमा अनधिकृत पहुँच पुर्‍याइ विभिन्न ठेक्काहरूको विवरण हेरफेर गरेको आरोप छ ।

प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठका अनुसार उक्त मुद्दामा हालसम्म सातजना निर्माण व्यवसायीसमेत १० जना शंकास्पद व्यक्तिहरूलाई पक्राउ गरिएको छ ।  

खबरपाटी
खबरपाटी