भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ पक्राउ

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ पक्राउ

काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

उनीमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरी निवेदनका आधारमा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

उनीविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको जानकारी दिइएको छ ।

सीआईबीले राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री विक्रम पाण्डेलाई पनि पक्राउ गरेको सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले जानकारी दिए ।

उक्त मुद्दामा हालसम्म जम्मा नौजना शंकास्पद व्यक्तिहरूलाई प्रक्राउ गरी अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

खबरपाटी
खबरपाटी