वैशाख १२ गते बिहान ६ बजेदेखि थापाथली सुकुम्बासी बस्ती खाली गराइने

वैशाख १२ गते बिहान ६ बजेदेखि थापाथली सुकुम्बासी बस्ती खाली गराइने

काठमाडौँ - वैशाख १२ गते बिहान ६ बजेदेखि बस्ती खाली गराइने भन्दै थापाथली सुकुम्बासी बस्ती नजिकै महानगर प्रहरीले माइकिङ गरेको छ।  

आज साँझ नेपाल प्रहरी र सशस्त्र प्रहरीको भ्यानसहित महानगर प्रहरीले थापाथलीका सुकुम्बासी बस्ती नजिक पुगेर वस्ती खाली गर्न माइकिङ गरेको हो।

प्रधानमन्त्री बालेन्द्र शाहले दिएको निर्देशनका आधारमा सुकुम्बासी वस्ती खाली गर्न लागिएको हो।

यसअघि आइजीपी दानबहादुर कार्कीलाई सिंहदरबार बोलाएर शनिवारदेखि वस्ती खाली गराउन निर्देशन दिएका थिए।

खबरपाटी
खबरपाटी