काठमाडौँ : जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सागरशम्सेर जबराको निलम्बनको प्रक्रिया अघि बढेको छ।
मधेश प्रदेश प्रहरी कार्यालयका एसपी तथा सहायक प्रवक्ता भेषराज रिजालले विज्ञप्ति जारी गर्दै वरिष्ठ सई जबरालाई निलम्बनको प्रक्रिया अघि बढाइएको जानकारी गराएका हुन्।
जबराले व्यापारीसँग बनावटी कथा रचेर अडियो बनाई आफ्नै कार्यालय प्रमुख तथा संगठनलाई बदनाम गरेको आरोप छ।
संगठनलाई नै बदनाम गराउने उद्देश्यले प्रहरी आचरण विपरीत कार्य गरेको हुँदा प्रहरी नियमावली बमोजिम निलम्बन गर्न प्रक्रिया अघि बढाई सकिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस कार्यालयबाट आवश्यक अनुसन्धान र छानबिन कार्य भइरहेको छ।’
वरिष्ठ सई जबरा र रामजी महासेठ नाम गरेका व्यापारीबीचको टेलिफोन संवादमा डीआईजीलाई रकम बुझाउनेबारेका कुरा गरिएको थियो।