शून्य बाँकी फाइल सप्ताह’ सफल: रोकिएका अधिकांश सरकारी फाइल एक सातामै टुंगिए

शून्य बाँकी फाइल सप्ताह’ सफल: रोकिएका अधिकांश सरकारी फाइल एक सातामै टुंगिए

काठमाडौँ – सरकारले गत साता गरेको ‘शून्य बाँकी फाइल सप्ताह’अभियानको धमाधम विवरण आइरहेको बताएको छ ।

अधिकांश सरकारी कार्यालयमा काम हुन नसकी अगाडि नबढेका र कतिपय रोकिएका फाइलको काम अभियानमा गरिएका थिए ।

सरकारले साताभर सञ्चालन गरेको अभियानमा मुद्दा परेका र कानून अभावमा रोकिएका फाइलबाहेक सरकारी कार्यालयका अन्य सबैजसो फाइलको काम अघि बढेको जनाएको छ ।

विभिन्न कारणले अल्झिएका र अल्झाइएका फाइल एक सातामा टुङ्गिएर समस्याको समाधान भइसकेको र तथ्याङ्क प्रधानमन्त्री कार्यालयमा आउने क्रम जारी रहेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।

सरकारले २०८२ चैत ३० देखि २०८३ वैशाख ७ गतेसम्म शून्य बाँकी फाइल सप्ताह अभियान सञ्चालन गरेको थियो ।

 

खबरपाटी
खबरपाटी