एम्बुलेन्सको ठक्करबाट बर्दियामा २ पैदलयात्रुको मृत्यु,२ जना घाइते

एम्बुलेन्सको ठक्करबाट बर्दियामा २ पैदलयात्रुको मृत्यु,२ जना घाइते

काठमाण्डौ – एम्बुलेन्सको ठक्करबाट बर्दियामा २ जना पैदलयात्रुको ज्यान गएको छ । २ जना घाइते भएका छन् । 

राजापुर जाँदै गरेको एम्बुलेन्सले आज बिहान सवा ५ बजे सडकमा पैदल हिँडिरहेका चार जनालाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । 

ठक्करबाट गुलरिया नगरपालिका–५ का ५५ वर्षीय भूमिराज लामिछाने र उहाँका ८ वर्षीय नाति रिहान्स खरेलको ज्यान गएको बर्दियाका प्रहरी निरीक्षक प्रकाशसिंह कार्कीले जानकारी दिनुभयो । 

एम्बुलेन्सको ठक्करबाट भूमिराजकी श्रीमती सीता र अर्का स्थानीय बासिन्दा सूर्य उपाध्याय घाइते हुनुभएको छ । उहाँहरूको नेपालगञ्जमा उपचार भइरहेको छ । 

खबरपाटी
खबरपाटी