आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – सल्यानको बनगाड कुपिण्डे नगरपालिकाको पुथालामा जन्ती बोकेको गाडी दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।
सोही नगरपालिकाको ८ नम्बर वडाबाट कालीमाटीको लक्ष्मीपुरतर्फ जन्ती बोकेर जाँदै गरेको लु.प्र.०१००१ ज ०२७१ नम्बरको जिप दुर्घटना भएको हो।
मृत्यु हुनेहरुमा कुपिण्डे नगरपालिका– ८ का ५० वर्षीय टोपबहादुर थापा , ५० वर्षकै ठगे घर्ती र २९ वर्षीय कर्णबहादुर पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी निरीक्षक देवराज भट्टराईले जानकारी दिए।
उद्धारमा खटिएका वडानम्बर ८ का वडाध्यक्ष कुलबहादुर पुरीकाअनुसार जिपमा १८ जना सवार थिए। तीमध्ये १५ जना घाइते भएका छन्। उनीहरुको उपचार सुर्खेतस्थित मेहेलकुना अस्पतालमा भइरहेको छ।