गोविन्द राम चेपाङको प्रस्ताव: ‘झोरालाङ’ नाममा नयाँ गाउँपालिका

गोविन्द राम चेपाङको प्रस्ताव: ‘झोरालाङ’ नाममा नयाँ गाउँपालिका

काठमाडौँ - नेपाल चेपाङ संघका अध्यक्ष गोविन्द राम चेपाङले चेपाङ बसोबास भएको ३ जिल्लाको भूगोल गाभेर नयाँ गाउँपालिका बनाउन प्रस्ताव गरेका छन् ।

उनले चितवनको राप्ती नगरपालिकाको वडा नम्बर १०, ११, १२ र १३, कालिका नगरपालिकाको वडा नम्बर १० र ११, धादिङको रोराङ गाउँपालिकाको वडा नम्बर ८, ९ र १० तथा मकवानपुरको राक्सिराङ गाउँपालिकाको वडा नम्बर ६ र ७ मिलाएर झोरालाङ गाउँपालिका बनाउन प्रस्ताव गरेका हुन् ।

उनले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रिस्तरीय स्थानीय तहको सीमा र नाम हेरफेर, थपघटको निर्णयपछि यस्तो प्रस्ताव गरेका हुन् ।

उनले नेपाल चेपाङ संघले केन्द्रीयस्तरमै नामांकन तथा सिमांकनका लागि पहल गर्ने बताएका छन् ।

उनले प्रस्ताव गरेको धादिङको रोराङ र मकवानपुरको राक्सिराङ गाउँपालिका चेपाङकै नाममा राखिएको हो ।

संविधान धारा ५६ को ५ को आधारमा नयाँ गाउँपालिका चेपाङकै नाममा राख्न उनले आग्रह गरेका छन् । चेपाङ भाषामा ‘झोरालाङ’को अर्थ नमस्कार, अभिवादन हो । चेपाङ २०६४ मा संविधान सभा सदस्य पनि हुन् । मकवानपुरको साविकको काँकडा गाविसका उपाध्यक्ष पनि हुन् ।

खबरपाटी
खबरपाटी