सर्वोच्चमा कांग्रेसको दुवै मुद्दाको सुनुवाइ जारी

सर्वोच्चमा कांग्रेसको दुवै मुद्दाको सुनुवाइ जारी

काठमाडौं - नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ ।

दुवै मुद्दाको पेसी शारंगा सुवेदी र नृपध्वज निरौलाको संयुक्त इजलासमा चढेको छ । अहिले रिट निवेदक तर्फको बहस जारी छ । त्यसपछि विपक्षीतर्फका कानुन व्यवसायीले बहस गर्ने छन् ।

विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई आधिकारिता दिने निर्णय निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति शेरबहादुर देउवा पक्षले रिट दायर गरेको छ ।

उक्त मुद्दा विचाराधीन रहेको अवस्थामा १५ औँ महाधिवेशनको कार्यतालिका ल्याइएको र सदस्यता खुलाउने निर्णयविरुद्ध तत्कालीन कावा सभापति पूर्णबहादुर खड्काले अर्को रिट दायर गरेका छन् ।

खबरपाटी
खबरपाटी