गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरूहरूले पद तथा गोपनियताको शपथ लिए

गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरूहरूले पद तथा गोपनियताको शपथ लिए

कास्की – गण्डकी प्रदेशमा नवनियुक्त मन्त्रीहरूहरूले पद तथा गोपनियताको शपथ लिएका छन्। 

बुधवार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनियताको शपथ गराएका हुन्। यसअघि मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा प्रदेश प्रमुखले नयाँ मन्त्रीहरू नियुक्त गरेका हुन्।

मुख्यमन्त्री पाण्डेले पुराना सबै मन्त्रीहरूलाई हटाएर नयाँ मन्त्री नियुक्त गरेका छन्। ९ सदस्यीय मन्त्रीमण्डलमा नेपाली कांग्रेस र नेकपा एमालेका चार/चार जना मन्त्री छन्। कांग्रेसबाट जितबहादुर शेरचन अर्थमन्त्री, नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री, सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ र नम्डु गुरुङ  वन तथा वातावरण मन्त्री बनेका छन्।

यस्तै एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था, यशोदा रिमाल उद्योग तथा पर्यटन, लक्ष्मण पाण्डे कृषि, भूमि व्यवस्था तथा सहकारी र भीम कार्की स्वास्थ्यमन्त्री बनेका छन्। 

खबरपाटी
खबरपाटी