कांग्रेस गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले राजीनामा दिए

कांग्रेस गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले राजीनामा दिए

काठमाडौँ - नेपाली कांग्रेस गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुँवरले राजीनामा दिएका छन्। मन्त्रीका आकांक्षी उनले आज मन्त्रिपरिषद् पुनर्गठन हुँदा आफू नपरेपछि आजको मितिदेखि लागु हुने गरी प्रदेश सभा सदस्यबाट राजीनामा दिएको स्रोतले जनाएको छ।

‘मलाई विश्वास भरोसा दिलाइ जिम्मेवारी सहित मतादेश र जनादेश दिनु भएका आममतदाता, शुभचिन्तक शुभेच्छुक जनमा कोटीकोटी नमनसहित कृतज्ञता व्यक्त गर्दछु’, राजीनामा पत्रमा उनले भनेका छन्, ‘आम नागरिकको विश्वास भरोसालाई पूर्ण कार्यकाल  सम्पन्न गर्न नसकेकोमा क्षमा प्रार्थी छु, कुँवरले दिएको राजीनामा पत्रमा उल्लेख छ।

खबरपाटी
खबरपाटी