रास्वपाको संसदीय दलको बैठक आज दिउँसो बस्दै,उपसभामुख पदको निर्वाचन सम्बन्धमा छलफल हुने

रास्वपाको संसदीय दलको बैठक आज दिउँसो बस्दै,उपसभामुख पदको निर्वाचन सम्बन्धमा छलफल हुने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक आज दिउँसो बस्दैछ। 

आज हुने उपसभामुख पदको निर्वाचन सम्बन्धमा छलफल गर्न रास्वपा संसदीय दलको बैठक बस्न लागेको हो। दिउँसो १ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बस्ने बैठकमा उपसभामुखको निर्वाचनसँगै अन्य विषयमा पनि छलफल गरिने रास्वपाले जनाएको छ। 

प्रतिनिधिसभाको उपसभामुख पदका लागि रास्वपाको समर्थनमा श्रम संस्कृति पार्टीबाट रुबी ठाकुर उम्मेदवार बनेकी छन्। 

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि सांसद सरस्वती लामालाई उपसभामुख पदमा उठाएको छ। उपसभामुख पदको निर्वाचन आज हुँदैछ। तर, प्रतिनिधिसभामा रास्वपाको झन्डै दुईतिहाइ बहुमत भएकाले उसको समर्थन पाएकी ठाकुर नै उपसभामुख बन्ने निश्चित छ।

खबरपाटी
खबरपाटी