सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता

काठमाडौँ – सरकारी विज्ञापन निजी मिडियालाई नदिने सरकारी निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिवक्ता अनन्तराज लुइँटेलले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन्। उक्त रिटको सुनुवाइ मंगलवारलाई तोकिएको छ। 

सरकारी निर्णयले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रतालाई कमजोर बनाउने उल्लेख गर्दै अधिवक्ता लुइँटेलले रिट दर्ता गरेका हुन्।

चैत १८ गतेको सचिवस्तरीय निर्णय गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचना जारी गरी उक्त जानकारी गराएको थियो। 

खबरपाटी
खबरपाटी