दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति सांसदहरुको आपत्ति

दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति सांसदहरुको आपत्ति

काठमाडौं - राष्ट्रिय सभाका सांसदहरूले दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन। 

सोमवार बसेको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद विष्णुबहादुर विश्वकर्माले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग समेत गरे। उनले सरकारी कर्मचारीलाई सरकारले करिव ३ दिनसम्म बेरोजगार राखेर मुलुकमा बेथिति निम्त्याउन खोजेको जिकिर गर्दै सो निर्णय फिर्ता लिनैपर्ने बताए।

उनले विद्यार्थीहरूको पठनपाठनमा पनि सो निर्णयले असर गर्ने भन्दै आपत्ति जनाए।  सांसद सावित्री मल्लले खाने पकाउने ग्याससहित पेट्रोललगायतका इन्धनमा गरिएको मूल्य वृद्धि तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरिन्। 

उनले बजारमा महंगी र दैनिक उपभोग्य वस्तुको समेत अभाव भएकाले त्यसलाई सहज र सुलभ बनाउने काममा पनि सरकारले तत्काल आवश्यक निर्णय लिनुपर्ने बताइन्। 

सांसद मल्लले सरकारले मूल्य वृद्धि नियन्त्रण गरेर आम उपभोक्तालाई मारबाट पार लगाउनुपर्ने बताइन्। 

खबरपाटी
खबरपाटी