ओली र लेखकलाई पुनः पाँच दिन थुनामा राखेर अनुसन्धान गरिने

ओली र लेखकलाई पुनः पाँच दिन थुनामा राखेर अनुसन्धान गरिने

काठमाडौं - जिल्ला अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पुनः पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । 

यसअघि अदालतले चैत १९ मा दुई दिन थुनामा राख्न आदेश दिएको थियो । 

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनमा भएको दमनबारे जाँचबुझ गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको सिफारिस अनुसार प्रहरीले गत शनिबार ओली र लेखकलाई पक्राउ गरेको थियो । 

यता, ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतमा सोमबारका लागि बहस निरन्तर छ । 

खबरपाटी
खबरपाटी