सदनको मर्यादा जोगाउने प्रतिबद्धता: सभामुखमा डोलप्रसाद अर्याल

सदनको मर्यादा जोगाउने प्रतिबद्धता: सभामुखमा डोलप्रसाद अर्याल

काठमाडौं – नवनिर्वाचित प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले सदनको मर्यादा कायम हुनेगरी आफूले काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन्। 

सभामुख निर्वाचित भएलगत्तै संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको संक्षिप्त जवाफ दिँदै उनले संविधान र कानूनको पालना गर्दै सबै सांसदहरूको सम्मान हुनेगरी आफू अघि बढ्ने समेत बताए। नवनिर्वाचित सभामुख अर्यालले आफूले निष्पक्ष भूमिका निर्वाह गर्ने बताए। 

उनले भने,‘संविधान, कानून राम्रोसँग हेरेको छु मैले। त्यसलाई पालना गरेर सबै माननीय ज्यूहरूलाई सम्मान हुने किसिमबाट सदनको मर्यादा कायम हुने किसिमबाट काम हुन्छ। निष्पक्ष भूमिका निर्वाह हुनुपर्छ, हुन्छ।’

नवनिर्वाचित सभामुख अर्यालले संविधान र कानूनको ज्ञान आफूलाई राम्रोसँग भएकाले संसदलाई सोहीअनुसार अघि बढाउने बताए।

खबरपाटी
खबरपाटी