ग्यास अभाव अन्त्य गर्न सांसद जयन्तिदेवी राईको सरकारसँग कडा माग

ग्यास अभाव अन्त्य गर्न सांसद जयन्तिदेवी राईको सरकारसँग कडा माग

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका राष्ट्रिय सभाकी सांसद जयन्तिदेवी राईले खाना पकाउने ग्याँसको तत्काल व्यवस्था मिलाउन सरकारसँग माग गरेकी छिन्। 

आइतवार राष्ट्रिय सभा बैठकमा बोल्दै उनले खाना पकाउने ग्याँसको हाहाकार भएको उल्लेख गर्दै त्यसको तत्काल व्यवस्था मिलाउन सरकारलाई दबाब दिएकी हुन्। सांसद राईले उपभोक्ताले पैसा तिरेपछि खाना पकाउने ग्याँस पाउनुपर्ने उल्लेख गर्दै त्यसको व्यवस्था अझै नभएको भन्दै सरकारको आलोचना समेत गरिन्। 

सांसद राईले विद्युतीय चुल्होले पनि ठूलो परिवारको समस्या नटर्ने अवस्था देखिएकाले पनि सरकारले खाना पकाउने ग्याँसको आवश्यक व्यवस्था मिलाउन ढिलाई गर्न नहुने स्पष्ट पारिन्। 

खबरपाटी
खबरपाटी