‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइदिएको रहेछ’ : गृहमन्त्री गुरूङ

‘३६ वर्षसम्म सुरक्षाकर्मीलाई हत्कडी लगाइदिएको रहेछ’ : गृहमन्त्री गुरूङ

काठमाडौं । गृहमन्त्री सुधन गुरूङले विगत ३६ वर्षसम्म सुरक्षाकर्मीलाई प्रभावकारी रूपमा काम गर्न नदिई ‘हत्कडी लगाइदिएको’ अवस्था रहेको टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक धारणा राख्दै उनले सुरक्षा संयन्त्र दलीय प्रभाव र हस्तक्षेपमा परेको संकेत गरेका हुन्।

गृहमन्त्री गुरूङले सुरक्षाकर्मीलाई स्वतन्त्र रूपमा काम गर्न नदिँदा देशमा कानुनी शासन कमजोर बनेको उल्लेख गरे। उनले विगतमा प्रहरी प्रशासनमाथि अनावश्यक दबाब र हस्तक्षेप हुने गरेको भन्दै अहिले त्यस्तो अवस्था अन्त्य गर्ने अभियानमा सरकार लागेको बताए।

गृहमन्त्री बनेयता गुरूङले कानुनी कारबाहीलाई तीव्रता दिएका छन्। गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनसँगै प्रहरी प्रशासनले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा आपराधिक गतिविधिमा संलग्नमाथि निगरानी र नियन्त्रण कडा बनाएको छ।

 

खबरपाटी
खबरपाटी