आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं – पश्चिम एसियाली राष्ट्रमा रहेकामध्ये करिब साढे ८६ हजार नेपालीले उद्धारको लागि नाम टिपाएका छन् ।
परराष्ट्र मन्त्रालयमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । पश्चिम एसियामा रहेका नेपालीलाई सहायता प्रदान गर्न र उद्धारको लागि कन्सुलर सेवा विभागले वेब पोर्टल सञ्चालनमा ल्याएको थियो ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीका अनुसार, सो पोर्टलमा हालसम्म ८६ हजार ४२० जना नेपालीले आफ्नो नाम दर्ता गराएका छन् ।
“हाल फोन गर्ने र असुरक्षित छु भन्ने क्रम क्रमशः घट्दै गएको छ,” प्रवक्ता क्षेत्रीले भने । पश्चिम एसियामा १७ लाख २९ हजारभन्दा बढी नेपाली रहेका छन् ।
अमेरिका-इजरायल र इरानबीच युद्ध सुरु भएपछि पश्चिम एसियामा रहेका नेपालीहरू असुरक्षित र त्रसित बनेका छन् ।