सभामुख चयनका लाग आज उमेदवारी दर्ता हुँदै

सभामुख चयनका लाग आज उमेदवारी दर्ता हुँदै

काठमाडौं - प्रतिनिधिसभाको सभामुख चयनका लाग आज उमेदवारी दर्ता हुँदैछ।  

संघीय संसद् सचिवालयले प्रकाशित गरेको तालिकाअनुसार सभामुख चयनका लागि आइतबार निर्वाचन हुनेछ।

तालिकाअनुसार, आज बिहान ११ देखि २ बजेसम्म उमेदवारी दर्ताको समय तोकिएको छ। 

संघीय संसद् सचिवालय सिंहदरबारमा उमेदवारी दर्ता गर्न सकिने जनाइएको छ। 

दिउँसो साढे बजे उमेदवारी दर्ताको नामावली प्रकाशन गरिनेछ।

सदनमा १८२ सिट रहेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले पार्टी उपसभापति डोलप्रसाद अर्याललाई सभामुख बनाउने निर्णय गरिसकेको छ। 

अल्पमतमा रहेका अरु दलले सभामुखको उमेदवारबारे धारणा सार्वजनिक गरिसकेका छैनन्।

खबरपाटी
खबरपाटी