मुग्लिन-नागढुङ्गा सडकखण्ड थप तीन दिन रातको समयमा आवागमन बन्द

मुग्लिन-नागढुङ्गा सडकखण्ड थप तीन दिन रातको समयमा आवागमन बन्द

काठमाडौँ – मुग्लिन-नागढुङ्गा सडकखण्ड थप तीन दिन रातको समयमा यातायात आवागमन बन्द गरिने भएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनले आज सूचना जारी गर्दै चैत २०, २१ र २२ गते राति १० बजेदेखि बिहान ४ बजेसम्म सडक पूर्णरूपमा बन्द रहने जानकारी दिएको छ।

यसअघि चैत १७ देखि १९ गतेसम्म सडक बन्द गरी घोप्टेभीरमा मर्मत थालिएको थियो। मर्मत जारी नसकिएकाले थप बन्द गर्नुपरेको जनाइएको छ। 

खबरपाटी
खबरपाटी