एमालेको संसदीय दलको बैठक आज बस्दै

एमालेको संसदीय दलको बैठक आज बस्दै

काठमाडौँ - नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले आज दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाएको हो ।

पार्टी कार्यालयमा बस्ने गरी बैठक बोलाइएको सचिव महेश बस्नेतले जानकारी दिए । प्रतिनिधिसभाको पहिलो बैठक भोलि बस्दै छ । आज संसदीय दलको बैठकले दलको नेता चयन गर्ने तयारी छ ।

मंगलबार एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा राजनीतिक र कानुनी प्रतिवादलाई निरन्तरता दिने निर्णय गरेको थियो । संसदबाट पनि पार्टीले ओली पक्राउको विरोध गर्ने तयारी गरेको छ । 

 

खबरपाटी
खबरपाटी