आम जनता पार्टीका अध्यक्ष प्रभु साह र रास्वपा सभापति रवि लामिछाने बिच भेटवार्ता

आम जनता पार्टीका अध्यक्ष प्रभु साह र रास्वपा सभापति रवि लामिछाने बिच भेटवार्ता

काठमाडौं – आम जनता पार्टीका अध्यक्ष प्रभु साहले रास्वपा सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन्।लामिछानेलाई भेट्न साह बूढानीलकण्ठस्थित उनकै निवास  पुगेका थिए। 

भेटमा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने जानकारी गराएको उनको सचिवालयले जनाएको छ। 

देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको थियो। 

साहले पनि मधेशलाई रास्वपाले प्राथमिकतामा राखेकोमा धन्यवाद व्यक्त गर्दै लामिछानेालई बधाई दिएका थिए। 

खबरपाटी
खबरपाटी